२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–अमेरिका मित्रताको झण्डालाई माउन्ट देनाली पुर्योउने आराहीलाई सम्मान प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल–अमेरिका मित्रताको झण्डालाई अमेरिकाको सबैभन्दा अग्लो शिखर माउन्ट देनालीको चुचुरोमा पुर्योउने टोलीलाई नेपालस्थित अमेरिकी राजदूतावासले सम्मान गरेको छ ।

नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठको अबसरमा आरोहीको टोलीले मित्रताको झण्डालाईकेही नेपाली पर्वतारोहीले अमेरिकाको सबैभन्दा अग्लो शिख माउन्ट देनालीको चुचुरोमा पु-याएका थिए ।आज एक कार्यक्रमका बीच नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले पर्वतारोहीहरुलाई बधाई ज्ञापन गर्नुका साथै सो झण्डा ग्रहण गर्नुभयो।

सो अवसरमा पर्वतारोहीहरुले अमेरिकाको सबैभन्दा अग्लो शिखरमा झण्डा पुर्याउँदाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँहरुले सामान्यतया तीन हप्ता लाग्ने हिमाल तीन दिनमै आरोहण सम्पन्न गरेको बताउनुभएको थियो ।

नेपालस्थित अमेरिकी राजदूतावासले नेपाली पर्वतारोहीहरु कर्मा तेन्जिङ, मिङमा शेर्पा, छङ्दावा शेर्पा, मिङमा ग्याबु शेर्पा, जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, र कर्मा ग्याल्जे शेर्पाले नेपाल–अमेरिका मित्रताको झण्डालाई अमेरिकाको सबैभन्दा अग्लो शिखरमा पुर्‍याएको बताएको छ । यसअघि सोही झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने अभियानमा यो टोलीसँगै नेपाली पर्वतारोही पासाङग फुर्बा शेर्पा पनि सामेल हुनुहुन्थ्यो।

राजदूतावासले नेपाल–अमेरिका मित्रताको यो महत्वपूर्ण क्षणलाई अझै विशेष बनाइदिनुभएकोमा पर्वतारोहीहरूको सो समूहप्रति कृतज्ञता व्यक्त गरेको छ ।