७ पुष २०८२, सोमबार
,
Latest
कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी एकता आवश्यक रहेपनि तत्काल सम्भव छैनः झलनाथ खनाल



file
अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता आवश्यक भए पनि तत्काल सम्भवन नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खनालले सो कुरा बताएका हुन् ।

नेता खनालले वामपन्थी एकता आवश्यक भए पनि वामपन्थी राजनीतिक नेतृत्वले महसुश गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको बताए । अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरूसँग एकीकरणको सम्भावना नभएको उनको भनाई छ ।

त्यस्तै, उनले संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर जनताले वामपन्थीहरूलाई झण्डै दुई तिहाइको मत दिएको भएपनि नेतृत्व सही नभएकाले समस्या आएको आरोप समेत लगाए ।