२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो ।

दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए । अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेको केहि समयपछि दीपिकाको निधन भएको अध्यक्ष खड्काले जनाएका छन् ।