११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउछु: मन्त्री यादव

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउछु: मन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताउनु भएको छ । आज आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु ।” यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएकाले हामीले काम गर्दा पनि गाली मिल्छ नगर्दा पनि गाली मिल्छ । “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास ग¥यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,” मन्त्री यादवले थप भन्नुभयो, “हामी गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आम नागरिक, नागरिक समाज, बिज्ञ एवं पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हिजोका दिनमा कुन मन्त्रीले के गरे म त्यसको वास्ता गर्दिन तर म के गर्दै छु, मैले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गर्नुभयो ।

वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । यसैगरी मन्त्री यादवले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”

यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी दिनुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्वन क्रेडिटमा सून्यमा झर्ने प्रतिबद्धता जनाई सक्नु भएकाले हामी अव कारर्वन क्रेडिट सून्यमा झार्न हरेक क्षेत्रमा गएर काम गर्ने छौँ । अहिलेको समयमा जलवायु परिर्वतनका क्षेत्रमा यही अवस्था रह्यो भने वन तथा वातावरण मन्त्रालयले चाडै सङ्कट कालको घोषणा गर्ने तयारीमा रहेको र क्याविनेटमा प्रस्ताव लैजाने तर मञ्जुरी दिने नदिने क्याबिनेटको हातमा रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।”