२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.06

Humidity: 53

Latest
धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउछु: मन्त्री यादव



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताउनु भएको छ । आज आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु ।” यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएकाले हामीले काम गर्दा पनि गाली मिल्छ नगर्दा पनि गाली मिल्छ । “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास ग¥यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,” मन्त्री यादवले थप भन्नुभयो, “हामी गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आम नागरिक, नागरिक समाज, बिज्ञ एवं पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हिजोका दिनमा कुन मन्त्रीले के गरे म त्यसको वास्ता गर्दिन तर म के गर्दै छु, मैले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गर्नुभयो ।

वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । यसैगरी मन्त्री यादवले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”

यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी दिनुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्वन क्रेडिटमा सून्यमा झर्ने प्रतिबद्धता जनाई सक्नु भएकाले हामी अव कारर्वन क्रेडिट सून्यमा झार्न हरेक क्षेत्रमा गएर काम गर्ने छौँ । अहिलेको समयमा जलवायु परिर्वतनका क्षेत्रमा यही अवस्था रह्यो भने वन तथा वातावरण मन्त्रालयले चाडै सङ्कट कालको घोषणा गर्ने तयारीमा रहेको र क्याविनेटमा प्रस्ताव लैजाने तर मञ्जुरी दिने नदिने क्याबिनेटको हातमा रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।”