६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका देवी घर्तीको ‘ए नि बरै’ मा सुरक्षा पन्तको मार्मिक अभिनय (भिडियोसहित)



अ+ अ-

काठमाडौं । कलाकार सुरक्षा पन्तको मार्मिक अभिनय रहेको 'ए नि बरै' बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका देवी घर्ती मगरको आवाजमा रहेको सो गीतमा कलाकार सुरक्षा पन्तको अभिनय निकै मार्मिक रहेको छ ।

महिलामाथी हुने हिंसाको विरुद्दमा सधै लुकेर, भागेर मात्र हैन् त्यसविरुद्द डटेर जवाफ पनि दिन सक्नुपर्छ भन्ने सन्देश बोकेको सो गीतको मुख्य पात्रको रुपमा कलाकार सुरक्षा पन्त रहेकी छिन् । साथै म्युजिक भिडियोको कथामा परिस्थितीको परिबन्धमा परेपछि बनेको अपराधी (हत्यारा) को अवस्था पनि देखाइृएको छ ।

युट्युबमा 'ए नि बरै' ले दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज बनाईसकेको छ । गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने रिशी खड्काले संगित भरेका छन् ।

मास्टर र मिक्सिङको काम कुमार रानाले गरेका छन् । गीतलाई मारुनी डिजिटलबाट रेकर्ड गपरएको हो । म्युजिक भिडियोको कथा निदेर्शन बिक्रम चौहानको रहेको छ ।