७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका दिवङ्गत नेता गिरीको अन्त्येष्टि



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो । उहाँलाई छोरा सन्तोष गिरी शिलवालले दागबत्ति दिनु भएको छ ।

त्यस अघि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुभएको छ । गिरीको सम्मानमा हुने नेपाल प्रहरीको एक टुकुडीले सलामी अर्पण गरेको थियो ।

त्यस अघि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट लगिएको थियो ।
प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उहाँको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।