१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविरामलाई आफ्नै नाममा नागरिकता लिन लाग्यो ३३ वर्ष



अ+ अ-

दैलेख । कविरामले ३३ वर्षपछि आफ्नै नाममा नागरिकता पाएका छन् । उनको पुरानो नागरिकतामा उनको नाम ‘कुकुर कामी’ उल्लेख थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका– ३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेसँगै पुरानो नागरिकताका कारण अपमानित उनी खुशी देखिएका छन् ।

गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी पुनः नयाँ नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले कविराम कामी नाम उल्लेख गरी नागरिकता प्रदान गरेको हो ।

उनको नागरिकतामा तत्कालीन प्रधानपञ्चको सिफारिसमा २०४६ जेठमा ‘कुकुर कामी’ लेखिएको थियो । उनलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नामसहितको नागरिकता प्रदान गरेका हुन् । प्रजिअ प्याकुरेलले ‘कुकुर कामी’ नामका अन्य प्रमाणहरु खारेज गरिने जानकारी दिए ।