• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर

सरकारमा एमाले पुगे नागरिकता विधेयक सच्याउँछ: सचिव भट्टराई



file

रामेछाप । नेकपा (एमाले0 का सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले संसद्बाट बलपूर्वक नागरिकता विधेयक पारित गरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी रामेछापले आइतबार रामेछापको मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रपतिले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पारित गरेको बताउनुभयो

उहाँले दोस्रोपटक गएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले सरकारमा पुगे नागरिकतासम्बन्धी कानूनलाई परिवर्तन गर्ने बताउनुभयो ।

नागरिकता जस्तो विधेयकमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भन्दै सचिव भट्टराईले नागरिकताको सवाललाई वर्तमान सरकारले ख्यालख्याल जस्तो सोचेको टिप्पणी गर्नुभयो ।