५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा एमाले पुगे नागरिकता विधेयक सच्याउँछ: सचिव भट्टराई



file
अ+ अ-

रामेछाप । नेकपा (एमाले0 का सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले संसद्बाट बलपूर्वक नागरिकता विधेयक पारित गरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी रामेछापले आइतबार रामेछापको मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रपतिले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पारित गरेको बताउनुभयो

उहाँले दोस्रोपटक गएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले सरकारमा पुगे नागरिकतासम्बन्धी कानूनलाई परिवर्तन गर्ने बताउनुभयो ।

नागरिकता जस्तो विधेयकमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भन्दै सचिव भट्टराईले नागरिकताको सवाललाई वर्तमान सरकारले ख्यालख्याल जस्तो सोचेको टिप्पणी गर्नुभयो ।