• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

हिन्दु राष्ट्र अभियानका लागि राप्रपाले थाल्यो आर्थिक सहयोग संकलन



काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र अभियानको घोषणा गरेका हुन् ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिएको जानकारीको अनुसार वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि “कोष वृद्धि“ अभियान सुरु गरिएको हो ।

सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

आर्थिक सहयोग संकलन अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ ।