५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थप ८४८ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ६१९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र दुई हजार ८९७ एन्टिजेन परीक्षणमा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२६ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार २५९ पुगेको छ ।