१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्तापक्षकै कारण प्रधानन्यायाधीश महाअभियोग छानविन समितिको बैठक बस्न सकेन’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्ता पक्षकै कारण प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाअभियोग छानविन समितिको बैठक बस्न नसकेको आरोप लगाउनु भएको छ । मंगलवार प्रनिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पण्डितले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसका सांसद ज्येष्ठ सदस्य रहेको र उहाँले अहिलेसम्म पनि समितिको बैठक बस्न नचाहेको बताउनु भयो । सांसद पण्डितले बैठक बसेर छानविन प्रक्रिया थाले नेकपा एमालेका सदस्यहरु सक्रियताका साथ काम गर्न तयार रहेको बताउनु भयो ।

उहाँले सरकार पक्षका सांसदहरुले प्रधानन्यायाधीशलाई महाअभियोग षड्यन्त्र पूर्वक ल्याएको बताउनु भयो । पण्डितले छानविन समितिले निस्कर्षमा नपुर्याउनका लागि समय बिताउने काम भएको बताउनु भयो ।