• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

‘सत्तापक्षकै कारण प्रधानन्यायाधीश महाअभियोग छानविन समितिको बैठक बस्न सकेन’



काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्ता पक्षकै कारण प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाअभियोग छानविन समितिको बैठक बस्न नसकेको आरोप लगाउनु भएको छ । मंगलवार प्रनिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पण्डितले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसका सांसद ज्येष्ठ सदस्य रहेको र उहाँले अहिलेसम्म पनि समितिको बैठक बस्न नचाहेको बताउनु भयो । सांसद पण्डितले बैठक बसेर छानविन प्रक्रिया थाले नेकपा एमालेका सदस्यहरु सक्रियताका साथ काम गर्न तयार रहेको बताउनु भयो ।

उहाँले सरकार पक्षका सांसदहरुले प्रधानन्यायाधीशलाई महाअभियोग षड्यन्त्र पूर्वक ल्याएको बताउनु भयो । पण्डितले छानविन समितिले निस्कर्षमा नपुर्याउनका लागि समय बिताउने काम भएको बताउनु भयो ।