५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेससँग लिभरपुलले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । सोमबार मध्यरातमा भएको खेलमा लिभरपुलले घरेलु मैदा एनफिल्डमा क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३२ औं मिनेटमा विल्फ्रेड जाहाले गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । उता, दोस्रो हाफको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि सफल नहुँदा खेल बराबरीमा सकियो ।

खेलको ५७ औं मिनेटमा यसै समरमा टिममा भित्रिएका डार्विन न्युनेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलको यो लगातार दोस्रो बराबरी हो ।