११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

एमालेले एक्लै बहुमत ल्याउँछ, जनता पनि एमालेलाई मतदान गर्न चुनावको प्रतिक्षामा छन्ः युवराज ज्ञवाली

एमालेले एक्लै बहुमत ल्याउँछ, जनता पनि एमालेलाई मतदान गर्न चुनावको प्रतिक्षामा छन्ः युवराज ज्ञवाली
file
अ अ+ अ-

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंरि ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन् ।

उनले भने,‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरि तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरु नै यसबारेमा सबैभन्दा बढि सचेत छन् । कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निश्कर्ष निकालेको छ । अहिले कांग्रेस चुनावको लागि अरु सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिलेपनि ठूलो दल हो । एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरुले एमलो विजयी हुने बलियो आधार छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाली जनता अहिले कतिवेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौंला भनेर पर्खिएर बसेको टिप्पणी गरे । उनले भने,‘जनता अहिले एमालेलाई मतदान गर्नको लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं ।’

उनले आफ्नो पार्टी अहिले चुनावको तयारीमा जुटिसकेको पनि बताए । उनले भने,‘हाम्रो सचिवालयको बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनको तयारीको सन्दर्भमा महत्वपूर्ण निर्णय पनि गरेको छ । यतिवेला नेपालको राजनीतिमा एमाले सबभन्दा ठूलो दल, कम्युनिष्ट आन्दोलनको मात्रै होईन, नेपालको लोकतान्त्रिक आन्दोलनको लागि पनि सबभन्दा ठूलो दलको रुपमा रहेको छ । अहिलेसम्म एमालेको जति वटा सरकार बने, मनमोहनदेखि हाम्रो अध्यक्ष केपी ओलीको पालासम्म, ती सरकारले नेपाली जनता र राष्ट्रको लागि महत्वपूर्ण काम गरेका थिए । एमालेको सरकारलाई अदालतको निर्णयबाट अपदस्त गरियो ।’

उनले अहिले मुलुकको आर्थिक अवस्था संकटपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘महँगी चरम रुपमा बढेको छ । जनता ठूलो मारमा छन् । नेपालको ईतिहासमा यो ठूलो महँगी हो । विदेशी मुद्रा सञ्चिती ५ देखि ६ महिनासम्म मात्रै पुग्ने अवस्थामा छ । यसअघि केपी ओलीको सरकारको पालामा ११ महिनासम्म धान्न सक्ने अवस्थामा थियो । अहिले त्यो ओरालो लागेको छ। मुलुकमा अहिले आर्थिक संकट गहिरो छ । बैंकले ऋण दिनसक्ने अवस्था छैन् । चौतर्फी रुपमा मुलुकको अवस्था अस्तव्यस्त छ । जनताले पाउने सेवा÷सुविधामा ढिलासुस्ती भएको छ । जनतामाथि दिनदिनै अन्याय, अत्याचार भैरहेको छ । जनताले दुःख पाउने अवस्था छ । राष्ट्रिय परिचपयपत्रको लागि रातभरि लाईन बस्नुपर्ने अवस्था छ । निहारिकालाई न्याय दिन सकेको छैन् । झण्डै उनले आत्मदह गरेर ज्यान गुमाउनुपरेन । मिटरब्याजको अत्याचार बढिरहेको छ । हाम्रो पार्टी संवेदनशील विषयमा गम्भीर बनेको छ । यी विषयमा सरकारले छिटो समाधान गरोस ।’

ज्ञवालीले मंसिर ४ गते हुने आम निर्वाचन शान्तिपूर्ण रुपमा हुनुपर्नेमा जोड दिए । उनले भने,‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्छ । गएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा धाँधली गरियो । जबरजस्ती गरियो । त्यस्तो स्थिति अबको निर्वाचनमा नदोहोरियोस । चुनावमा मान्छेको खरिदबिक्रि हुने गरेको छ, त्यो नहोस । एमाले चुनावको लागि लागि सरकारलाई सहयोग गर्न तयार छ ।’

उनले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए । उनले भने,‘जनता सबै कुरामा सचेत छन् । आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने निश्चित छ ।’

सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा कांग्रेससँग अरु दल निरीह बनेको टिप्पणी गरे । उनले भने,‘गठबन्धनकै कुरा गर्दा कांग्रेस एक्लै बहुमत ल्याउनेगरि लागेको छ । अहिलेको पाँच दलीय गठबन्धनको नेता को हो ? यसमा प्रष्टै छ नि–नेपाली कांग्रेस र देउवा नै हो । पाँच दलीय गठबन्धन भनेको एक किसिमले भन्ने हो भने नेपाली कांग्रेस नै हो ।’

ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए । उनले भने,‘उहाँहरु कांग्रेसलाई पहिलो बनाउन लागिरहनुभएको छ । कांग्रेस जिताउनको लागि उहाँहरुको अभियान हो । तर, एमाले कम्युनिष्ट पार्टी हो । यो सुमाजवादको यात्रामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा कांग्रेसका नेतृत्वमा पुँजीवादलाई सुदृढ गर्ने काम भएको छ भने एमालेको नेतृत्वमा समाजवादको यात्रा तय गर्न अभियान चलेको छ । यो चुनाव भनेको समाजवाद र पुँजीवादको लडाईं पनि हो । नेपाली जनता समाजवादको पक्षमा छन् । वापमन्थी विचारको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् ।’

उनले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आधार बनाएर अघि बढिरहेको बताए । उनले भने,‘देशमा विकास निर्माण हुनुपर्छ । रोजागरीको व्यवस्था गर्नुपर्छ । घरवारविहीनलाई बसोबासको व्यवस्था गर्नुपर्छ भनेर एमाले लागेको छ । अहिले नेपालको शिक्षा दयनीय अवस्थामा छन् । स्वास्थ्य र शिक्षामा व्यापार गर्नुहुँदैन् । नेपाली विद्यार्थीहरु अहिले धमाधम विदेशिन बाध्य भएका छन् । यो सबै समस्याको समाधानको लागि, आर्थिक संकटबाट मुलुकलाई मुक्त गर्नको लागि एमालेको बहुमतको सरकार आवश्यक छ । एमाले बहुमत ल्याउनसक्ने हैसियत भएको पार्टी हो । जनाधार भएको पार्टी हो । हाम्रो संगठनको सञ्जाल व्यापक छ ।’

फरक प्रसँगमा उनले नेपालका वामपन्थीहरु एक ठाउँमा उभिन जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले भने,‘वापमन्थीहरु ऋलग–अलग हुन जरुरी छैन् । सबै मिल्ने हो भने राम्रो हुन्छ । तर, यहाँ वामपन्थी भन्नेहरुले, उनीहरुको काम र व्यवहार हेर्ने हो भने कांग्रेसलाई बलियो बनाउनको लागि काम गरेको देखिन्छ । उनीहरुको कार्यनीति भनेको पुँजीवादीलाई बलियो बनाउने र नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने देखिएको छ ।’

उनले एमालेले चुनावमा तालमेलको लागि ढोका बन्द नगरेको स्पष्ट पारे । उनले भने,‘विचार र नीति मिल्यो भने हामी तालमेल गर्छौं । कांग्रेसलाई पराजित गर्नको लागि विचार मिल्नेहरुसँग सहकार्य हुन्छ । तर, तत्काल वामपन्थी एकताको सम्भावना छैन् । माओवादीलगायतको गलत नीतिले गर्दा यो सम्भव छैन् । एमालो आफ्नो पार्टी पँक्तिलाई बलियो बनाउन लागेको छ ।’

उनले निर्वाचन महँगो बनेको भन्दै यसमा विचार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘धनीहरुले मात्रै चुनाव लड्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ एमाले निर्वाचन आयोगको कार्यतालिकाअनुसार नै केन्द्रित भएर चुनावको तयारीमा जुटेको उनको भनाई छ । उनले भने,‘हामी उम्मेद्धवार कस्तोलाई बनाउँदा ठीक हुन्छ भनेर क्राइट–एरिया बनाउँछौं । नेपालको राजनीतिमा मुख्य प्रतिष्पर्धा भनेको कांग्रेस र कम्युष्निटहरुको बीचमा हो । माधव नेपालहरुले यो चुनावपछि गम्भीर पछुताउनुपर्ने अवस्था आउँछ । जनता एमालेको पक्षमा छन् ।’