• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एन्फाद्वारा तीन समिति गठन



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वटा समिति गठन गरेको छ । एन्फा केन्द्रीय कार्यसमितिको एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी बैठकले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलको विषयमा निर्णय गर्नका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

सो समितिको संयोजकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ रहेका छन् । समितिका सदस्यमा उपाध्यक्ष कुमार केसी र दीपक खतिपडा तथा एन्फा सदस्यहरु टीका लामा, मनिराज विष्ट, पुरुषोत्तम थापा र रवीन्द्र चन्द रहेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पदपूर्ति समितिसमेत गठन गरेका छन् । सो समितिको सदस्यहरुमा अनिल मल्ल र मनिष जोशी रहेका छन् । त्यस्तै बैठकले महिला साफ च्याम्पियनसिप आयोजना समिति पनि गठन गरेको छ । सो समितिको संयोजकमा उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन् । एन्फा सचिवालयले यसअघि नै उनलाई संयोजको जिम्मेवारी दिएको थियो । केन्द्रीय कार्यसमितिको बैठकले गठन गरेका सबै समितिमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु रहेका छन् ।

एन्फाका अन्य एजेन्डा यस्तो छ: