५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा कार्यसमिति बैठक बस्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक बिहीवार बस्दैछ ।
ललितपुर स्थित एन्फा मुख्यालयमा तय भएको बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन् । यसअघि बसेको कार्यसमितिको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

एन्फा कार्यसमितिको बैठक बिहीवार १० बजे एन्फा कम्प्लेक्समा बस्दैछ । बिहीवार बस्न लागेको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हन् ।

यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो । त्यस अघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो ।

एन्फाको निर्वाचन पछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्तवको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ ।