१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द



अ+ अ-

चितवन। नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

सूचनामा नारायणगढ–मुग्लिन सडकअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सो सडकमा आज दिउँसो तीन पटक पहिरो पन्छाएर सवारीआवगमन सञ्चालन गरिएको थियो । सो ठाउँमा पहिलो पटक पहिरो झरेको हो ।

मुग्लिनबाट सात सय मिटर नारायणगढतर्फ खहरे पुलमा ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ । रासस