२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी बेहोस् हुन थालेपछि बैतडीको मणिलेक माविमा पठनपाठन प्रभावित



file photo
अ+ अ-

बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिनुभयो । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ । उहाँले भन्नुभयो,“दैनिक चार/पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।”

विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ । बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।

छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उहाँले बताउनुभयो । प्रअ बागले भन्नुभयो,“हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ । स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ ।”

छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यो सामान्य खालको बिरामीको लक्षण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गनुर््पर्छ ।”उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।




भर्खरै