७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै



अ+ अ-

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजेशुरु हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालेराष्ट्रिय सभाको सन्देश सहितको “तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफलसदनमा गरियोस्” भन्ने प्रस्ताब प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देशसहितको “तथ्याङ्क विधेयक, २०७८” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको “तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९” माथि प्राप्तसंशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्” भन्ने प्रस्तुत  गर्नुहुने, खानेपानी मन्त्री उमाकान्त चौधरीले “खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएकोसंशोधनमाथि विचार गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भौतिकपूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरणविधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनि प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” माथि प्राप्त संशोधनहरुलाईनिर्णयार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मदइस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको “शहरी क्षेत्र सावर्ज निकयातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्तमन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्यायतथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले नेपाल सरकार,मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउफुकाउ आदेश सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीदेवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथिप्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।