२२ मंसिर २०८२, सोमबार
,
Latest
रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा ओलीको जोड



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो । सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पार्नु भयो ।

सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुप¥यो । र, त्यसको सदूपयोग पनि हुनुपर्यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्याउने कुरामा जोड दिनु पर्दछ ।

हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ । सामूदायिक वनमार्फत् राज्यलाई पुर्याउने योगदान, विश्वलाई पुर्याउने योगदान, सिंगो मानव जातिका लागि पुर्याउने योगदान पृथ्वीमै पु¥याउने योगदान महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राख्नु भयो । उहाँले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनु भयो ।