१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम यही साउन ३० र ३१ गते ललितपुरमा हुने पार्टी कार्यालयले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, पालिकाका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमका लागि साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरुको नाम दर्ता गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।