११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

संसदप्रति प्रधानमन्त्री जवाफदेही नभएको एमालेको आरोप

संसदप्रति प्रधानमन्त्री जवाफदेही नभएको एमालेको आरोप
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनु भएको छ ।

पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो । उहाँले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गर्नु भयो ।

मंगलबार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा महिनाको दुई पटक प्रत्यक्ष प्रधानमन्त्री संसदमा उपस्थित भएर प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने एक घण्टाको समय छ ।

संसदप्रति सरकार, सत्तापक्षनै जवाफदेही छँदैछैन सभामुख महोदय । अनि अहिले हामीले अरन्यरोदन गरेर के हुन्छ ? सत्तापक्ष नै स्वमय तयार छैन । अहिलेसम्म सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि यो कार्यक्रम सुरु भयो ? उनहरु जवाफदेही हुनुहुन्छ । त्यसकारण हामीले यो महत्वपूर्ण छलफल त गरेका छौं । यसको सम्मान त हामी गर्छौं । तर यो कार्यान्वयन हुन्छ ? कार्यान्वयन हुनेगरी ल्याइएको छ ? अहिले त कानुन बन्ने, बनाउने हक छ हामी कहाँ ? हाम्रो पार्टीनै हो महिलाहरुको प्रतिनिधित्वलाई समानुपातिक बनाउन निरन्तर लाग्ने हाम्रो पार्टी नै हो ।’

सांसद अधिकारीले महिलाहरुसँग क्षमता भएकाले उनीहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।