२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसीर ४ गते हुने निर्वाचनको लागि आयोगबाट कार्यतालिका स्वीकृत,असोज २३ गते उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं। मसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ ।

आइतबार  बसेको आयोगको बैठकले कार्यतालीका स्वीकृत गरेको हो । स्वीकृत भएको कार्यतालीका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त र २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालीका रहेको छ ।

असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने कार्यतालीका रहेको छ । उम्मेदबारको तय भएपछि आयोगले असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने भएको छ ।

निर्वाचनको लागि मङ्सिर १ गते राति १२ बजेदेखि मौन अबधी सुरु हुने र  मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुने कार्यतालीका आयोगले बनाएको छ ।