२४ मंसिर २०८२, बुधबार
,
Latest
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार दिउँसो रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउँदै गर्दा मौसम खराब भएपछी ओली सवार सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार छन् ।

आकस्मिक अवतरणपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा आराम गरेका छन् । अनुकुल मौसमको प्रतिक्षामा रहेका ओली हेलिकप्टर उड्न नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको बताइएको छ ।