५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एएसबीसी युथ तथा जुनियर बक्सिङमा सहभागी टोलीलगायत स्वदेश फर्केपछि…

एएसबीसी युथ तथा जुनियर बक्सिङमा सहभागी टोलीलगायत स्वदेश फर्केपछि…
अ+ अ-

काठमाडौं। एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

छ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । अगष्ट २० देखि ३१ तारिखसम्म दुबइमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ । पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते । 

क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेििमफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसंग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।

घरेलु प्रतियोगितामा चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।

महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीले पराजित भए । कांस्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसंगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।

अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभइ सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहि भन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।