७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको पार्टी सत्ता गठबन्धनको छैटौँ घटक



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सत्ता गठबन्धनमा छैटौँ घटक हुने भएको छ । नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएपछि सो पार्टी सत्ता गठबन्धनको नयाँ घटक बन्ने भएको हो ।

सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आगामी निर्वाचनसम्म गठबन्धनमै रहने निर्णय गरेको छ ।

गठबन्धन निर्माणमा आफूहरुको निर्णायक भूमिका रहेको भन्दै बैठकले गठबन्धनमै रहने निर्णय गरेको हो । जसपाबाट विभाजित भएको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेका नेताहरु सहमत भएकाले सत्ता गठबन्धनमा अब छ वटा दल हुने भएको हो । यसअघि सत्ता गठबन्धनमा पाँच दल थिए ।