९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको पार्टी सत्ता गठबन्धनको छैटौँ घटक



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सत्ता गठबन्धनमा छैटौँ घटक हुने भएको छ । नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएपछि सो पार्टी सत्ता गठबन्धनको नयाँ घटक बन्ने भएको हो ।

सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आगामी निर्वाचनसम्म गठबन्धनमै रहने निर्णय गरेको छ ।

गठबन्धन निर्माणमा आफूहरुको निर्णायक भूमिका रहेको भन्दै बैठकले गठबन्धनमै रहने निर्णय गरेको हो । जसपाबाट विभाजित भएको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेका नेताहरु सहमत भएकाले सत्ता गठबन्धनमा अब छ वटा दल हुने भएको हो । यसअघि सत्ता गठबन्धनमा पाँच दल थिए ।