• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सिके राउतले भेटे ठाकुर र यादवलाई



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

डा राउतको सचिवालयका अनुसार दुवै भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो । डा राउतले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सो निर्वाचन क्षेत्रबाट यसअघिको निर्वाचनमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए । जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरुसँग पनि निर्वाचनमा सहकार्यका लागि संवाद जारी राखेको बताइएको छ ।