३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५४३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार १२७ पुगेको छ । 

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ७० रहेको छ । पछिल्लो समय थप ४०९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । त्यसैगरी पछिल्लो समय आठ हजार ७२९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५९२ रहेको छ । अहिले होमआइसोलेशनमा तीन हजार ५३५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६० आइसीयूमा २७ र भेन्टिलेटरमा छ जनाले उपचार गराइरहेका छन् ।