१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशांकलाई युवानेता सापकोटाको आग्रह– नवलपुरबाट विदा लिनुस्



अ+ अ-

गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य गणेश सापकोटाले नेपाली काँग्रेसका नेता डा सशांक कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका छन् ।

डा. कोइराला नवलपुरको क्षेत्र नं १ बाट सांसद रही आएका छन् । युवा नेता सापकोटाले डा कोइरालालाई नवलपुरबाट विदा लिन आग्रह गरेका हुन् । उनले भने– अब देश विकासको जिम्मेवारी युवाहरुको काँधमा आएको छ, यहाँ पनि हामी एकसे एक तयार छौँ, तपाइँ अब हाम्रो अभिभावक भएर बस्ने हो, चुनावामा लत्रिने होइन ।

नवलपुर– १ बाट २०६४ सालदेखि लगातार चुनाव जितेर सासंद बनेका कोइरालाले यस क्षेत्रको विकासका लागि ठोस योगदान दिन सकेका छैनन् । त्यसैले डा कोइरालाको अघिल्लो चुनावदेखि नै आलोचना भइआएको छ । उनले जिल्लाको लागि जे गर्छु भनेर चुनाव जितेका थिए विगतका ती कुनै काम पनि गर्न सकेका छैनन् । उनी पार्टीको महामन्त्री भएका थिए । उनलाई नवलपुरबाट नेतृत्व हस्तान्तरण गर्न यसअघि पनि बारम्बार कुरा उठिरेहकामा आज कोइरालालाई युवा नेता सापकोटाले चेतावनी दिएका हुन् ।

नवलपरको गैँडाकोटमा नेविसंघ पालिका समन्वय समिति र शुसील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा सहभागी डा. कोइरालालाई सोही मञ्चका बक्ता सापकोटाले अब पनि यही क्षेत्रबाट उमेदवार नबन र युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।