११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

‘हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो’

‘हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो’
अ अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेद्धवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदूपयोग गर्न आग्रह गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘चुनावको मिति घोषणा भएको छ, योसँगै, चुनाव भनेको लोकतन्त्रमा महापर्व हो । सार्वभौमसत्ता अभ्यास गर्ने माध्यम हो । ०४६ सालदेखि हामीले अहिलेसम्म एउटै अनुहार देखेका छौं । निरन्तर त्यही व्यक्ति आएको छ । अबको निर्वाचनमा भ्रष्ट व्यक्तिलाई सवक सिकाउनुपर्छ । अहिले जनताको हातमा शक्ति आएको छ । जनतलो विवेकसंगत् रुपमा आफ्नो मत प्रयोग गर्नुपर्छ । जसको ट्रयाक रेकर्ड राम्रो छ, उसलाई अवसर दिनुपर्छ ।’

उनले मुलुक कुशासन र भ्रष्टाचारको दुश्चक्रमा फसिसकेको टिप्पणी गरे । उनले भने,‘निर्वाचनको घोषणा गरिएको छ, यो सरकार कामचलाउ भैसकेको छ । अब संसद्लाई बिदा गरिनुपर्छ । चुनाव निश्पक्ष रुपमा सम्पन्न गर । आउने सरकारमाथि अब यो सरकारले कुनै बोझ थुपार्न पाउँदैन् । नियुक्ती पनि गर्न पाउनुहुँदैन् । आज हरेक सार्वजनिक पद बिक्रीमा छन् । लोकतन्त्रको नाममा उपहास भएको छ ।’

त्रिपाठीले अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरणबारे पनि कडा आपत्ति जनाए । उनले भने,‘राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानूनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रमिा लिईन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो । अब निर्वाचनको मिति घोषणा भएको छ । यो संसद् विदा हुनुपर्छ । अब संसद्ले नयाँ कानून र बजेट बनाउनुपर्दैन भने, अर्को पाँच महिनासम्म किन यसलाई कायम राख्ने ? कि सांसदलाई भत्ता खुवाउनको लागि मात्रै राख्ने ?’

उनले गरिब राष्ट्र भनेको गरिव परिवारजस्तै हुने भन्दै देशलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्तले संसद्को अवधि २०७९ मंसिर २१ गतेसम्म हुन्छ भनेर बोलेको भन्दै आपत्ति पनि जनाए । उनले भने,‘यो उहाँको हाँस्यस्पद अभिव्यक्ति हो । उहाँ त खटनपटनमा हिँड्ने व्यक्ति हो । संसद कायम रहन्छ भने सरकार कसरी कामचलाउ हुन्छ ? सरकारसँग दीर्घकालिन निर्णय लिने म्याण्डेट छैन् ।’

उनले लोकतन्त्र भनेको समानताको पनि विषय भएको उल्लेख गरे । उनले भने,‘यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनको बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियरकट च्वाईस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त ? यो गठबन्धनसँग कुनै सिद्धान्त छैन् । हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो । लोकतन्त्रमा सिण्डिकेट गर्न पाईँदैन् ।’

उनले नेपालमा लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति भएको पनि व्यंग्य कसे । उनले भने,‘व्यापारीसँग भन्दा बढि पैसा नेतासँग छ । नेपालमा त व्यापारीसँग भएको पैसा पनि नेताहरुको हो । व्यापारीहरुको ईतिहास हेर्नुहोस न, सबै कुरा थाहा भैहाल्छ नि।’

उनले अरवौं पैसा विदेशमा लुकाउने काम भएको पनि आरोप लगाए । उनले भने,‘त्यही व्यक्तिले आजको पोलिटिक्स कब्जा गरेका छन् । सफल राज्यमा उद्योगपतिले पैसा कमाउँछन्, र राज्यलाई कर तिर्छन् । असफल राज्यमा राजनीतिज्ञले पैसा कमाउँछन् । स्थानीय तहको निर्वाचनमा कस्ता मान्छे आए ? मानव बेचविखन गर्नेहरु, लागुऔषध कारोबार गर्नेहरुले जिते ।’
उनले २०४६ सालदेअि अहिलेसम्म सत्तामा आएकाहरुको सम्पत्ति जाँचबुझ गर्नुपर्ने पनि माग गरे । उनले भने,‘यसको लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकन्त्त्र हो, जहाँ नीतिग भ्रष्टाचार हुन्छ । स्टेटले आँफै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?’

क्लबका सभापति ऋषि धमलाले भ्रष्टाचार अन्त्य नगर्नेलाई मत नदिने योजना ल्याएको र देशव्यापी रुपमा यो अभियान लिएर जाने घोषणा गरे । उनले भने,‘मैले देशबाट भ्रष्टाचार समाप्त पार्नुपर्छ भन्ने एजेण्डा ल्याएको छु, यो अभियान लिएर देशव्यापी रुपमा जानेछु । भ्रष्टाचारीलाई पार्लियामेन्टमा उपस्थित नै हुन दिनुहुँदैन् । यसको साथै, भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने मेरो अर्को अभियान छ । म चुनावको मुखमा अब यो अभियान लिएरपनि देशव्यापी रुपमा बहस कार्यक्रममा उत्रिनेछु । लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प छैन् । दलको विकल्प भनेको नै दल हो ।’