११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना

प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो ।

उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताउनु भयो । उहाँले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनु भयो । नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले नेतृत्व गर्ने बताउनु भयो । उहाँले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको प्रगतिलाई अघि बढाउनको लागि ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवजातीले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ । नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ । ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो । यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ । देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ । प्रध्यापक, विद्यार्थीहरुले ल्याएका नयाँ कुराहरुलाई हामीले राष्ट्रको हीत र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ ।

यस्ता विषयमा आवश्यक कानूनहरु चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो । मलाई साथ दिए, मौका पाएँ भने मेरो त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्नेकुरा म देखाउन चाहन्छु । जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले नेतृत्व खेलेको छ अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले लिड गर्छ ।’

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताउनु भयो । उहाँले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनु भयो । नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गर्नुभयो ।