१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसरी रिस उठेका बेला ‘तेरो घरमा कांग्रेस पसोस् भनेर सराप्थे’ – ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका लागि राणा शासन गएपनि कांग्रेस आएपछि एमालेका लागि राणा शासन आएको बताएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘२०१२ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेर टंकप्रसाद आचार्य प्रधानमन्त्री बनेपछि उहाँले कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुभयो । २०१३ बैशाखबाट कम्युनिस्ट पार्टीले खुला भएर काम गर्न पायो । राणा शासन गयो कांग्रेसका लागि तर कांग्रेस आयो राणा शासन आयो एमालेका लागि ।’ अध्यक्ष ओलीले भने ‘मान्छेले यतिकै भनेका होइनन्, उहिले पनि छिमेकीसँग रिस उठ्यो भने तेरा घरमा कांग्रेस पसुन् भन्दै सराप्ने गर्थे ।’