३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनपछि रुसमा कसले शासन गर्ला ? क्रेमलिनभित्र उत्तराधिकारीको खोजी



अ+ अ-

मस्को । युक्रेनमा आक्रमण गर्ने रुसले धेरै संकटको सामना गरिरहेको छ । आर्थिक नाकाबन्दीसँगै राजनीतिक संकटको चपेटा पनि सुरु भएको छ । यदि युक्रेनमा हमला गरेको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिन सत्ताबाट हटाइए वा बिरामी परे भने के गर्ने भन्नेबारे क्रेमलिनका भित्रियाहरुले गोप्यरूपमा रूसी राष्ट्रपति पुटिनको सम्भावित उत्तराधिकारीहरूको सूचीमा छलफल गरिरहेका छन् ।

एक स्वतन्त्र रुसी पत्रिका मेडुजाले यो जानकारी दिएको छ । प्रतिवेदनका अनुसार पश्चिमी देशहरूबाट प्रतिबन्धहरूले रुसको आर्थिक कमर तोडेको छ, जसले सरकार र क्रेमलिनप्रति जनताको असन्तुष्टि बढाएको छ। फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि रुसी जनता यसको विरोध गर्न सडकमा उत्रिएका थिए।

मेडुजाले रूसी सरकारी स्रोतहरूलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा राजनीतिक सम्भ्रान्तहरूले अब ‘पुटिनपछिको भविष्य’ का बारेमा कुरा गरिरहेको बताएको छ । क्रेमलिनका एक भित्री व्यक्तिले भने, “उनीहरू पुटिनलाई तुरुन्तै हटाउन चाहन्छन् वा तिनीहरूले षड्यन्त्र गरिरहेका छन् भन्ने होइन, तर उन (पुटिन)को भविष्यमा देशमा शासन नगर्ने सहमति वा इच्छा छ।”

“राष्ट्रपतिले सबै कुरा बर्बाद गरिसकेका छन् तर उनले युक्रेनसँग सम्झौता गरेर पछि सबै कुरा ठीक गर्न सक्छन्”, अखबारले अर्को स्रोतलाई उद्धृत गर्दै भनेको छ।

पुटिनलाई सत्ताबाट हटाउने एउटै उपाय

मेडुजाले रिपोर्टअनुसार क्रेमलिनका अधिकारीहरूले गोप्यरूपमा पुटिनका सम्भावित उत्तराधिकारीहरूको सूचीमा छलफल गरिरहेका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिन, राष्ट्रिय सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेव र प्रथम उपप्रमुख सर्गेई किरिएन्कोलाई सम्भावित उम्मेदवारको रूपमा नाम दिइएको छ। रुसी सम्भ्रान्तहरूलाई थाहा छ कि पुटिनलाई सत्ताबाट हटाउने एक मात्र तरिका उहाँ गम्भीर बिरामी नहोउन्जेल पर्खनु हो।

पुटिन साँच्चै बिरामी छन् त ?

“मानिसहरू थाकेका छन् तर अझै पनि आफ्नो काम गरिरहेका छन् र युद्ध लडिरहेको आफ्नो देशलाई सहयोग गरिरहेका छन्”, स्रोतले अखबारलाई भनेको छ। लामो समयदेखि पुटिन गम्भीर बिरामी भएको हल्ला चलिरहेको थियो। एक रूसी कुलीनले पुटिन ‘धेरै बिरामी र ब्लड क्यान्सर भएको’ भनेको सुनिएको बताएको न्यु लाइन्स पत्रिकाले रिपोर्ट गरेको छ। पुटिनसँग धेरै पटक अन्तर्वार्ता लिएका फिल्म निर्देशक ओलिभर स्टोनले पुटिनलाई पहिले क्यान्सर भएको तर उनी निको भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा