३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा झिनो सुधार



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा  पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.८९, होटल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ७.३४, विकास बैंक ४०.१४, जलविद्युत् १९.९६,  वित्त ८७.८२, निर्जीबन बीमा ६३.५९, उत्पादन २ं४२, अन्य १.४४, लघुवित्त ५.९४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी रु २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी रु २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको रु २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७.५५, ओरियण्टल होटल ६.१४, युनाइटेड मोदी ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ६.०२ र सोल्टी होटलका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए ।

त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रोपावर ७.७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.२८  प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुगेको छ ।