९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

ऐजेरुले घट्यो आलु उत्पादन

ऐजेरुले घट्यो आलु उत्पादन
अ अ+ अ-

म्याग्दी । ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको आलु खेतीमा सो समस्या देखिएको थिएन् ।

अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताउनुभयो । “हुर्कने र दाना लाग्ने समयमा कीराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो”, उहाँले भन्नुभयो “गत सालको तुलनामा आधा उत्पादन घट्यो ।”

गतसाल बीस मुरी आलु उत्पादन गरेका किसानले यसपाली आधा मात्र फलाएका बताउनुभयो । अन्नपूर्ण–८ नागीका कृष्ण पुर्जाले उत्पादनसँगै किसानको आम्दानी पनि घटेको बताउनुभयो । बजारमा माग अनुसार आलु पु¥याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताउनुभयो । नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा एक हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६२० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ । गत वर्ष १८ हजार १२ मेट्रिक टन बर्खे र सात हजार २७१ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।

उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लाबाट वार्षिक रु ६ करोड बढी मूल्यको आलु निकासी हुने तथ्याङ्क छ । उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टन भन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी रु ५० देखि १०० सम्ममा आलु बिक्री हुन्छ ।

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन ।

कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले ऐजेरुका कारण आलुको उत्पादकत्व घटेको बताउनुभयो । “ब्लक, जोन र पकेट कार्यक्रमबाट आलु खेतीको क्षेत्रफल विस्तार भएकाले समग्रमा १५ देखि २० प्रतिशत उत्पादन घटेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो “ऐजेरु देखिएको ठाउँमा आलुको उत्पादकत्वमा असर पुगेको छ ।”

उहाँका अनुसार सो रोग पहिचान भएपछि स्थलगत रुपमा निरीक्षण, परामर्श र नियन्त्रणका लागि विषादी वितरण गरिएको थियो । सो रोग देखिएको आलुलाई बीउमा प्रयोग नगर्ने र ऐजेरु अवरोधी एनपिआइ १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेव, खुमल सेतो १, खुमल रातो २ आदि जातका बीउ प्रयोग गर्न कृषि प्राविधिकले सुझाएका छन् ।

म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ । कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । गत आर्थिक वर्षदेखि मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बीमलाई आलु ब्लक कार्यक्रममा समावेश गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो ।