२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको बिरोध बीच ताइवान पुग्नुभयो अमेरिकी सभामुख



ताइवान भ्रमणमा अमेरिकी सभामुख नान्सी पेलोसी
अ+ अ-

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीनको तिब्र बिरोधका बीच ताइवानको राजधानी ताइपेइ पुग्नु भएको छ ।

अमेरिकी नेभी र एयरफोर्सका लडाकू विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताउनु भएको छ ।

ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउने विषयमा समर्थन जनाउन आफू ताइवान आएको ट्वीटमा पेलोसीले बताउनु भएको छ । सभामुख पेलोसीले ‘विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण’ रहेको बताउनु भएको छ ।

सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थाल्नु भएको थियो । यद्यपी उहाँको ताइवान भ्रमण हुने वा नहुने स्पष्ट भइसकेको थिएन ।

चीनले पेलोसीलाई ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । पेलोसीको भ्रमणलाई लिएर केही समयदेखि बेइजिङ र वासिङटनबीच आरोप प्रत्यारोप जारी थियो ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त रहेको र अलग देश नभएको दाबी गर्दै आएको छ ।

यसअघि सन् १९९७ मा अमेरिकी संसदका सभामुख न्यूट ग्रिन्गरिचले ताइवान भ्रमण गर्नु भएको थियो । तथापी अमेरिकाका सिनेटर र अन्य विशिष्ट व्यक्तिले ताइवानको भ्रमण निरन्तर गरिरहेका छन् ।

ताइवानलाई अमेरिकाले एक स्वतन्त्र मुलुकको रुपमा मान्यता दिएर सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । एजेन्सी