• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

चीनको बिरोध बीच ताइवान पुग्नुभयो अमेरिकी सभामुख



ताइवान भ्रमणमा अमेरिकी सभामुख नान्सी पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीनको तिब्र बिरोधका बीच ताइवानको राजधानी ताइपेइ पुग्नु भएको छ ।

अमेरिकी नेभी र एयरफोर्सका लडाकू विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताउनु भएको छ ।

ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउने विषयमा समर्थन जनाउन आफू ताइवान आएको ट्वीटमा पेलोसीले बताउनु भएको छ । सभामुख पेलोसीले ‘विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण’ रहेको बताउनु भएको छ ।

सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थाल्नु भएको थियो । यद्यपी उहाँको ताइवान भ्रमण हुने वा नहुने स्पष्ट भइसकेको थिएन ।

चीनले पेलोसीलाई ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । पेलोसीको भ्रमणलाई लिएर केही समयदेखि बेइजिङ र वासिङटनबीच आरोप प्रत्यारोप जारी थियो ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त रहेको र अलग देश नभएको दाबी गर्दै आएको छ ।

यसअघि सन् १९९७ मा अमेरिकी संसदका सभामुख न्यूट ग्रिन्गरिचले ताइवान भ्रमण गर्नु भएको थियो । तथापी अमेरिकाका सिनेटर र अन्य विशिष्ट व्यक्तिले ताइवानको भ्रमण निरन्तर गरिरहेका छन् ।

ताइवानलाई अमेरिकाले एक स्वतन्त्र मुलुकको रुपमा मान्यता दिएर सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । एजेन्सी