९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा ओलीप्रति माओवादी सांसद महतको व्यंग्य



अ+ अ-

काठमाडौं । सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताउनुभएको हो । उहाँले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताउनु भयो । उहाँले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बीन्धत रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ । शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्नेपनि यहीँ लेखौँ, ईश्वर भन्नेभएपनि यही लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’

सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो ।