४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ पुर्जी बिरुद्ध प्रकाण्डको प्रतिबाद ,हातमा दही जमाएर नबस्ने चेतावनी



अ+ अ-

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा सो पार्टीले आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक बिज्ञप्ति जारी गर्दे तीन बुँदे सहमतिका विरुद्ध सरकार उभिएको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने पार्टी हातमा दही जमाएर बस्दैन ।

उहाँले यसवाट भावी निम्तिने गंभिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनु चेतावनी समेत दिनुभएको छ । यो घटनाले साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको बिज्ञप्तिमा जनाईएको छ ।

जिल्ला अदालत ललितपुले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा चन्दसहितका केही नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।