२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी



अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।