• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ?

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री



file

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ ।

साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसेको उहाँको भनाइ थियो ।

भक्तजनलाई सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ । बिहान तीन बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजनलाई वर्षाले केहीबेर असर पारेको थियो । विगतका दुई हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भीड लागेको छ । बोल बम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि बिहान लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको थियो ।

बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छु्याइएको छ । सुन्दरीजलबाट पहेँलो एवं हरियो बस्त्र पहिरिएका भक्तजन लाम लागेर खाली खुटृा आएको दृश्य देखिन्थ्यो । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका थिए । केही भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन् ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको थियो ।यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घर घरमा रुद्राभिषेक पनि गर्ने गर्छन् ।