१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को उपाधि जितेको छ । आइतबार राति इजरायलको ब्लुमफिल्ड स्टेडियममा सम्पन्न फाइनलमा नान्टेसलाई ४–० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे । खेलको २२ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यस्तै, ५७ औं मिनेटमा रामोसले र ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई ४–० को जित दिलाए ।

ट्रफी डेस च्याम्पियन्स लिग वान सुरु हुनुभन्दा अगाडि खेलिने प्रावधान छ । यसमा लिग वान च्याम्पियन र कप डी फ्रान्सको विजेताबीच प्रतिस्पर्धा हुन्छ ।