२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को उपाधि जितेको छ । आइतबार राति इजरायलको ब्लुमफिल्ड स्टेडियममा सम्पन्न फाइनलमा नान्टेसलाई ४–० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे । खेलको २२ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यस्तै, ५७ औं मिनेटमा रामोसले र ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई ४–० को जित दिलाए ।

ट्रफी डेस च्याम्पियन्स लिग वान सुरु हुनुभन्दा अगाडि खेलिने प्रावधान छ । यसमा लिग वान च्याम्पियन र कप डी फ्रान्सको विजेताबीच प्रतिस्पर्धा हुन्छ ।




भर्खरै