२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको मैत्रीपूर्ण खेलः नेपालको सुरुवाती-११ मा को-को छन् ?



अ+ अ-

काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । खेलको लागि नेपालको सुरुवाती-११ घोषणा पनि भईसकेको छ । किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ खेलाडी घोषणा भएको छ । नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  किरण चेम्जोङको कप्तानीमा खेलाडी छनोट गरेका हुन् । 

साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुँदै छ । त्यसैको तयारीको लागि नेपालले भारतसंग दुई खेल खेल्न लागेको हो । 

गोलकिपरमा किरण चेम्जोङ रहेका छन् भने डिफेन्डरमा ४ जना (दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल) रहनेछन् । त्यस्तै मिडफिल्डरबाट पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा खेल्दै छन् ।

फरवार्डमा भने नवयुग श्रेष्ठ , आयुष घलान र अन्जन विष्ट रहनेछन् । खेल साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । दोस्रो खेल आइतबार हुनेछ।