२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत मैत्रीपूर्ण खेलः बराबरीमै सिमित



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीच दशरथ रंगशालामा भएको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । 

नेपाललका लागि अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा गोल गरेको थिए । खेलको पुरा समय सकिँदा पनि कुनै टोलीबाट थप गोल नभएपछि ४ मिनेटको सयम थपिएको थियो । थप समयमा पनि गोल कुनै टोलीबाट हुन सकेन । नेपालका मिडफिल्डर तेज तामाङ म्यान अफ द् म्याच घोषित भएका छन् । 

किरण चेम्जोङको कप्तानीमा भएको खेलमा नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी रहेका थिए ।

नेपालले भारतसंग दुई खेल खेल्न लागेकोमा अबको दोस्रो खेल आइतबार खेल्ने छ।