९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको छुः सांसद महत



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताउनु भयो । शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुप¥यो । एम अधिकारीका थरका मान्छेले नखोजेपनि, त्यो पार्टीका मान्छेले नखोजेपनि, यो सदनले नखोजेपनि एउटा सांसदको नाताले त मैले खोज्नैप¥यो भनेर म खोज्न रात, दिन लागेँ । मैले प्रमाण पनि भेट्टाएँ । एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ । सबै हेरेँ ।

अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ । एम भनेको मनि रैछ । एम बाट मनि, मनि भनेको पैसा । ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले । को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन् ।

गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ । त्यसैले समिति त बनेन तर म आफैँ एक्लै, म त्यो थरको मान्छे पनि होइन । तरपनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु । त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडी बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’