२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग



file
अ+ अ-

काठमाडौँ । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउनुभएको हो ।

सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गर्नुभयो । सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरु परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद् दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राख्नुभयो ।

सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकलले दुःख पाइरहेको बताउनुभयो । सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दोषलाई न्यायको माग गर्नुभयो ।

सांसद निरुदेवी पालले निर्मला पन्तको बलत्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गामा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याउनुभयो ।