३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बाढी र आँधी, ४४ को मृत्यु



अ+ अ-

न्युयोर्क । अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । 

“म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भन्नुभयो । बाढीका कारण आफ्नो रेष्टूरेन्ट पनि पुरै डुबानमा परेको र धेरै क्षति भएको समेत उहाँले जानकारी दिनुभयो । 

“म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी बर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उहाँले थप्नुभयो । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए । 

मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा रख्नुभयो । उहाँले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगाउनी आवश्यक रहेकोमा जोड दिनुभयो ।

अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उहाँले जीवन वा मरणको सवालको रुपमा उल्लेख गर्नुभयो । समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् । (रासस-एएफपी)