१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निडर भएर कलम चलाउन अध्यक्ष ओलीको आग्रह



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गनु भएको छ ।

आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।” एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उहाँको आरोप थियो । उहाँले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गर्नुभयो । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उहाँको जोड थियो ।

“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो”, उहाँले भन्नुभयो ।

जातीय विभेद समतामूलक समाज निर्माणको बाधक
अध्यक्ष ओलीले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरेर समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल जातीय उत्पीडित समाज झापाले बिर्तामोडमा आज आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव–मानवबीचको विभेद अशोभनीय, अन्यायपूर्ण र गलत भएको भएको बताउनुभयो ।

शिक्षा र आर्थिक अवस्था कमजोर हुँदा मानिस विभेदको शिकार हुँदै आएको उहाँको भनाइ थियो । उहाँले जातीय, वर्गीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद समतामूलक समाज निर्माणको बाधक रहेको उल्लेख गर्नुभयो । व्यवहारिकरुपमै जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “त्यसका लागि एमालेले उत्पीडित समुदायका अगुवालाई सङ्गठित गरेर नेपाल जातीय उत्पीडित समाज गठन गरेको हो ।”