• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   खुट्टाले लेखेर एसइई उत्तीर्ण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने

एसपीपी सम्झौताका बुँदाहरु कार्यान्वयन गर्न प्रधानमन्त्री लागिपरेको भीम रावलको आरोप



file

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिनुभयो ।

संसदीय समितिले पटकपटक निर्देशन दिदाँ पनि पत्र नपठाउनुले गम्भिर आशंका उब्जाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पत्र नपठाउनु यो गम्भिर आशंकाको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग ।

यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडी एसपीपीको सम्बन्धमा जुन दश बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशिल हुनुहुन्छ भन्ने व्यापक चर्चा छ । यदी यो चर्चा असत्य हो भने म उहीँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुठा सावित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’

उहाँले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गर्नुभयो ।