३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने



अ+ अ-

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुहुने भएको छ । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो । 

प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन लाग्नु भएको हो । उहाँको पार्टीमा निर्वाचनका कारण पनि उहाँले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।

उहाँको पार्टी लिवरल डेमोक्रेटिक पार्टी ९एलडीपी०को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उहाँलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्नुहुने जनाइएको छ ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताउनु भएको थियो ।   

प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिनुभयो । उहाँले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाउनु भएको थियो ।

लामो समय जापानको नेतृत्व गर्नु भएका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिनु भएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक बर्षमात्रै जापानको नेतृत्व गर्नुहुने भएको छ । (रासस, एएनआई)